Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ए डिभिजन : लगातार चौथो खेल जित्दै मनाङ अंक तालिकाको शीर्ष स्थानमा

Loading

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब पल्सर ए डिभिजन लिगमा शतप्रतिसत नतिजा हात पार्ने एक मात्र टोली बन्दै एक दिनपछि नै अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ।

चौथो चरणको खेलमा मनाङले विभागीय टोली एपीएफलाई २-१ ले पराजित गर्‍यो। मनाङ यस सिजन लिगमा चार खेल जित्ने एक मात्र टोली हो। चार जितपछि १२ अंक जोडेको मनाङले आर्मीलाई २ अकले पछि पारेको छ। चार खेलबाट अपराजित रहँदै आर्मीले १० अंक जोडेको छ।

एन्‍फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलको विदेशी खेलाडी अडेलाजा सोमिडले १९औँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। २७औँ मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

पहिलो हाफ सकिन एक मिनेट अगाडी अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए। दोस्रो हाफमा कुनै गोल नहुँदा मनाङ पहिलो हाफकै स्कोर कायम राख्दै विजयी भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed