![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्वदेशी उत्पादनको प्रचुर सम्भावना रहे पनि चाहेजति उपलब्धि हासिल हुन नसकेको बताएका छन् ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको दोस्रो राष्ट्रिय प्रदर्शनीको काठमाडौंमा उद्घाटन गर्दै उनले स्वदेशी उत्पादनलाई बढावा दिँदै आत्मनिर्भर बन्न सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । खनालले मुलुकको विकास र समृद्धिका लागि आयातमुखी बजारको अन्त्य हुनुपर्ने बताए ।
एक सातासम्म चल्ने प्रदर्शनीमा झण्डै ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।


