Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पाकिस्तान : १२ जनाको ज्यान जाने गरि भएको मस्जिद आक्रमणको चौतर्फी बिरोध

Loading

बीबीसी । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ। पूर्वी खोस्ट प्रान्तमा  भएको  घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए।

‘सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,’ उनले भने। उनले थप्नुभयो, ‘घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन्।’ सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन्। कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन्।  तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन्। प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गरे ।

मस्जिद आक्रमणको घटनापछि बिश्वका बिभिन्न स्थानबाट भत्र्सना गरिएका समाचार प्रकाशनमा आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed