Breaking News.... EverestOnlineKhabar
April 30, 2026

यो सरकार राष्ट्रघाती हो, प्रचण्ड र बादल गद्दार हुन : प्रकाण्ड

Loading

काठमाडौं ।  विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नेता खड्गबहादुर विश्वकर्माले विजय निकट पुगेको सर्वहारा वर्गको क्रान्तिलाई नेताहरुले षड्यन्त्र गरेर धोका दिएको आरोप लगाएका छन् ।

प्रचण्ड, रामबहादुर थापा बादललाई प्रकाण्डले  ‘गद्धार’को संज्ञा दिएका छन् ।  उनीहरुकै कारण जनताले धोका पाएको उनले बताए ।नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो ।

साथै अहिलेको सरकारले आफ्नो पार्टी बिरुद्ध षड्यन्त्र गरिरहेको भन्दै सरकारका गतिविधिप्रति चर्को आलोचना गरेका छन् । सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरे ।   उनले भने, ‘कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन समृद्ध नेपालमा ?’

शान्तिबाटिकामा गर्ने भनिएको उनीहरुको कार्यक्रम शनिबार भृकुटीमण्डपमा भएको हो । प्रकाण्डले देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको भन्दै त्यसको विरोध गरे । साथै आन्दोलनबाट हासिल गरेको उपलब्धि मेट्न लागेकोमा उनको चिन्ता थियो ।

वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उनले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताएका थिए । अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए ।

नेता प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । उनले भने, ‘राष्ट्रियता संघटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ । हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको छ । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधिनताको लागि राष्ट्रिय सेनामा बदलिने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed