Breaking News.... EverestOnlineKhabar
May 1, 2026

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

Loading

काठमाडौँ  । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ ।

विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलबाट विद्युतीय हाजिरको एक हप्तापछि शुरुआत गर्न लागिएको हो । महिला जेलभित्र ३१६ कैदीबन्दी छन् ।

नयाँ प्रविधिको हाजिरीको लागि केन्द्रीय कारागारले रु एक लाख लागतमा तीनवटा मेशिन खरीद गरी जडानसमेत गरिसकेको कारागारका लेखा अधिकृत कुलप्रसाद रेग्मी बताउनुहुन्छ ।

तीनवटा मेशिन भएपछि सबैलाई तीन भागमा विभाजन गरेर बिहान, दिउँसो र बेलुका हाजिर गर्न लगाउने व्यवस्था मिलाइनेछ । झण्डै १०४ वर्ष पुरानो केन्द्रीय कारागारमा यही वर्षको साउनबाट मात्र सिसीटिभी जडान गरिएको थियो । रु १५ लाखको लागतमा केन्द्र र भद्र जेलमा सिसी क्यामरा जडान गरिएको थियो । उक्त सिसी क्यामराको निगरानी प्रहरी र कारागार प्रमुख दुवैले गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed