Breaking News.... EverestOnlineKhabar
May 1, 2026

खशोग्जी हत्या प्रकरणपछि पनि ‘साउदी र अमेरिका असल मित्र’ : ट्रम्प

Loading

बीबीसी । साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणपछि सबैतिरबाट आलोचना खेपिरहरेको साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध त्यसपछि पनि बलियो नै रहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। उनले साउदी राजकुमार मोहम्मद बिन सलमानलाई पत्रकार खशोग्जीको हत्याबारे ‘राम्रो जानकारी’ हुन सक्ने बताएका छन्।

तर आफ्नो सम्बन्ध साउदी अरेबिया राज्यसँग भएको ट्रम्पले बताए। पत्रकार खशोग्जीको हत्या अक्टोवर २ मा साउदी वाणिज्य दूतावासभित्र भएको थियो। साउदी अरेबियाले सो हत्यामा “दुश्ट एजेन्टको हात” रहेको बताउँदै साउदी राजकुमारलाई सो घट्नाबारे जानकारी छ भन्ने दाबी अस्वीकार गरेको छ।

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ। राष्ट्रपति ट्रम्पले जारी गरेको बक्तव्यमा भनिएको छ साउदी राजकुमारलाई खशोग्जी हत्याबारे ‘राम्रो जानकारी’ भएको हुन सक्छ। तर त्यो हुन पनि सक्छ नहुन पनि सक्छ।

मंगलबार फेरी राष्ट्रपति ट्रम्पले अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले पत्रकार खशोग्जीको हत्याबारे शतप्रतिशत ठोकुवा नगरेको बताएका छन्। उनले पत्रकार खशोग्जीको हत्याको योजना र हत्याबारे वास्तविक जानकारी कहिल्यै वाहिर नआउन पनि सक्छ भनेका छन्।उनले सो अपराधलाई माफ गरेको नभइ विश्वलाई एउटा खतरनाक ठाउँ र त्यसमा अमेरिकाको चासोलाई प्राथमिकता दिएको बताए।

उनले भने, “साउदी अरेबियाले अमेरिकाबाट अर्बौँ डलर मूल्य बराबरका सैन्य सामग्रीहरू खरिद गरिरहेको छ। मैले साउदी अरेबियासँग व्यापार गर्नु छैन भनिदिँए भने उसले रुस वा चीनबाट ती सामाग्री किन्नेछ”

लडाइँहरूमा अमेरिकालाई बलियो साथ दिँदै आएको साउदी अरेबियाले अमेरिकामा अरबौँ डलर लगानी गर्ने सहमति जनाएको राष्ट्रपति ट्रम्पले बताए। उनले टर्कीले उपलब्ध गराएको हत्याको अडियो सामग्री पीडादायी र सुन्नै नसकिने भनी टिप्पणी गरेका थिए। ट्रम्पलाई साउदीको सच्चा साथी मान्दै आएको साउदी अरेबिया विशेषगरी त्यहाँका नेताहरुले ट्रम्पको यस्तो अभिव्यक्तिपछि राहत महसुस गर्ने ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed