![]()
झापा । एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा झापाको दमकबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ६ घर भई हाल दमक नगरपालिका ३ मा डेरा गरी बस्ने २५ वर्षीय दीपक धमला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
धमलाले सोही स्थान बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाईनजिकै रहेको हम्सेदुम्से सामुदायिक जंगलमा लगेर करणी गरेको प्रहरीको भनाइ छ । स्थानीयले दिएको सूचनाको आधारमा धमलालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


