![]()
काठमाडौं । अभिनेता बीपीन कार्की मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् । कलंकीमा मोटरसाइकलमा सवार कार्कीलाई अर्को मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । कार्कीको खुट्टा फ्याक्चर भएको बताइएको छ । बयोदा अस्पतालमा उनको उपचार भइरहेको छ ।
उनको अप्रेशन गर्नुपर्ने अस्पतालले जनाएको छ । कार्की घाइते भएपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन रोकिएको छ । कार्की ‘जात्रै जात्रा’का मुख्य कलाकार हुन् ।


