Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रचण्डका दाहिने हात मानिने सापकोटाले पनि गरे सरकारको बिरोध, जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त

Loading

काठमाडौं।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बलियो सरकारले जनअपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको पनि स्पष्ट पारे । जनताले असाध्यै अपेक्षा गरेको बलियो सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाई छ ।

नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समीक्षा गर्ने जानकारी समेत दिए । पार्टीको संगठन एकीकरणसम्बन्धि विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाई थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed