![]()
रुकुम । रुकुममा एक व्यक्तिले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको प्रहरीले जनाएको छ ।
बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेका थिए । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका थिए ।बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


