Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ मा २६ वर्षीया युवती बलात्कृत भएकी छिन् । प्रहरीले बलात्कार अभियोगमा स्थानीय राजकुमार थारुलाई नियन्त्रणमा लिएको छ । स्थानीय राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका राजकुमार थारुले २६ वर्षीया युवतीलाई कोहलपुर नगरपालिका–११ स्थित आफ्नै घरमा लगेर जबर्जस्ती करणी गरेको बताइएको छ ।

घरमा बन्धक बनाएर रातभर बलात्कार गरेपछि ट्रिपरमा राखेर थारुले युवतीलाई उनको घरमा पठाएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

युवतीलाई ट्रिपर चढाएर पठाएपछि अभियुक्त भागेका थिए । कोहलपुर नगरपालिका–१० बाट पक्राउ परेका राजकुमार थारुमाथि अनुसन्धान भइरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed