Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । अन्ततः दीपिका र रणवीरले आफ्नो विवाहको फोटो सार्वजनिक गरेका छन । शेरवानी र लेहेंगामा सजिएका यो जोडिले आफूले गरेको दुवै रीतिअनुसारको फोटो सार्वजनिक गरेका हुन ।

उनीहरुले कोङ्कानी र सिद्धी रीति अनुसार विवाह गरेका हुन्। उनीहरुको विवाह समारोह तीन दिनको थियो। इटालीको कोमो लेकमा विवाह भएको हो।

विवाहको दुईवटा फोटोमात्र सार्वजनिक गरेका जोडीको अरु तस्बिर भिडियो हेर्न फ्यानहरु लालायित छन्।  रणवीर सिंहकी स्टाइलिस निताशा गौरभले पहिलो पटक नवविवाहित जोडीको परिवारसहितको फोटो सार्वजनिक गरेकी छन्। उनले आफ्नो इन्स्टाग्रामको पेजमा दीपिका र रणवीरको कोङ्कानी विवाह समारोहमा लिइएको तस्बिर सार्वजनिक गरेकी हुन्। उनले फोटोमा क्याप्सन पनि लेखेकी छन्, ‘हामी र हाम्रा’ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed