![]()
नेपालगन्ज । नेपालगन्जको पुष्पलाल चोकमा राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले धम्बोझीमा रहेको वाटरपार्कमा लागेर निष्कृय पारेको छ ।
प्लास्टिक झोलामा सकेटजस्तो रहेको शंकास्पद बस्तु बम भएको बाँके प्रहरीले पुष्टि गरेको छ । बम राखिएको स्थाननजिकै ‘कमाण्डर समूह’को पर्चा भेटिएको थियो । उक्त पर्चामा शक्तिशाली बम भएको तीन सय मिटर टाढासम्म क्षति पुर्याउने चेतावनी दिइएको थियो ।
बम राख्नेको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


