Breaking News.... EverestOnlineKhabar
May 2, 2026

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा

Loading

काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक काठमाडौंमा शुरु भएको छ । बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एकआपसमा परामर्श गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो ।  अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमको समन्वयमा आयोजित बैठकमा सदस्य राष्ट्रबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धीका विषयमा बहस हुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रर्वधन सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकाल देखि नै प्राथमिकतामा राखेको छ ।

उच्च अधिकारीस्तरीय बैठकले शुक्रवार हुने मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ । २०१७ मार्च २९ देखि नेपालले यसको अध्यक्षता गरिरहेको छ ।  बैठकमा सदस्य मुलुकहरूले अघिल्लो बैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमको पहिचान समेत गर्ने मन्त्रालयले जनाएको छ । अधिकारी स्तरीय बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले गरिरहनु भएको छ । दुई दिन सम्म चल्ने बैठकमा काठमाडौं घोषणापत्र जारी गरी सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed