Breaking News.... EverestOnlineKhabar
May 2, 2026

राष्ट्रपति भण्डारी जलवायु सम्मेलनमा सहभागी हुन मंसिरमा पोल्याण्ड जाँदै

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् ।

राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण पाँच दिनको हुने उनले जनाए । राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed