Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

डडेल्धुरा । नेपाल विद्यार्थी संघले  डडेल्धुरामा बिहान एक घण्टा चक्काजाम गरेको छ। पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले चक्काजाम गरेको नेवि संघ डडेल्धुराका नेता पदम भण्डारीले बताए।

मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्वीर बिगारेर सामाजिक संजाल (फेसबुक)मा शेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई तत्काल रिहाइको माग र बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको घटनामा सरकारले लापरवाही गरेको भन्दै चक्काजाम गरेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति जगतबहादुर ऐरले जनाकारी दिए।

हत्यारालाई छिटो पक्राउ गरी सजाय दिनुपर्ने उनिहरुको माग छ। आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed