Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह  सुरु भएको छ । नोभेम्बर १३ मा उनीहरुको संगीत कार्यक्रम भयो । यस्तै, १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाह हुँदैछ ।

सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे । बुधवार कोंकणी रिवाजमा विवाह हुँदैछ । रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन् । उनको आँखामा आँसु देखेपछि त्यहाँ उपस्थित सबै भावुक भएका थिए ।

जब दुबैले औंठी साटे तब त्यतिबेला रणबीरले दीपिकाका लागि एक भावुक भाषण दिएर प्रेम व्यक्त गरे । रिंग सेरेमनीमा रणबीरले आफ्नो घुँडा टेकेर दीपिकाका लागि प्रेम जताए । यो देखेर दीपिका निकै भावुक भइन् । त्यतिबेला रणबीर सिंहले उनलाई निकै कसिलो अँगालो हाले ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed