Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

Loading

कैलाली ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी दुर्घटना भएपछि विवादमा तानिएका उनलाई प्रदेशको मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालयले  बर्खास्त गरेको हो ।

तिहारका बेला मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।
दुर्घटनाका बेला मन्त्री सोडारी गाडीमा नरहेको बताइएपनि स्थानीय बासिन्दाले मन्त्री गाडीभित्रै रहेको दाबी गर्दै आएका थिए ।

सो दुर्घटनामा परी जिप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उनका भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed