![]()
रामेछाप । मन्थली नगरपालिका–७, भटौलीमा केटी भगाएको विषयमा दुई समूहबीच झडप हुदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेहरुमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ ।
स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्र रुप लि“दा झडप भएको बताइएको छ ।


