Breaking News.... EverestOnlineKhabar
May 1, 2026

गच्छदारलाई उपसभापतिमा मनोनयन गरेर देउवाले अराजकता मच्चाए, देउवाको कार्यशैली पार्टीका लागि खतरनाक : गगन थापा

Loading

काठमाडौं।  नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरे।

 काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए। नेता थापाले विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराए। आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याए।

कार्यक्रममा बोल्दै कांग्रेस अर्का नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नु भएको थियो।

सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा सो स्मृति भवन बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed