Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । यमपञ्चकको अन्तिम दिन शुक्रबार भाइटीका लगाउने उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किए पनि उक्त ससमयमा नभ्याउनेले अन्य समयमा पनि टीका लगाउ सकिनेछ ।

भाइटीका लगाउनुअघि दियो, कलश र गणेशको, त्यसपछि अष्टचिरञ्जीवी र त्यसपछि यमराज–यमुनाको पूजा गर्ने चलन छ । भाइटीकामा भाइको जीवन रंगमय होस् भनी निधारमा सप्तरंगी टीका लगाउने गरिएको ढुंगेलको भनाइ छ ।

हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हो ।

यमुनाको व्यवहारले प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन का देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed