Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ। त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ।

गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ।  संसदीय चुनावलाई ट्रम्प शासनमाथिको एउटा जनमत सङ्ग्रहका रूपमा हेरिएको छ। हुन त सन् २०२० सम्म उनी पुनर्निर्वाचित हुनुपर्ने अवस्था होइन।

डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको बताइएको छ। योसँगै डेमोक्र्याटहरूले अब ट्रम्पका योजनालाई अझ प्रभावकारी ढङ्गले रोक्न सक्नेछन्। मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने उनको योजनालाई पनि उनीहरूले तुहाउन सक्छन्।

डेमोक्र्याटिक पार्टीको तर्फबाट पहिलो पटक दुईजना मुस्लिम महिला कंग्रेसमा प्रतिनिधित्व गर्ने भएका छन्। यसपटक कीर्तिमानी सङ्ख्यामा महिला उम्मेदवार उठेका छन्।

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो। यसअघि प्रतिनिधिसभा विपक्षीहरूको नियन्त्रणमा गए तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण हुने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed