![]()
कपिलवस्तु । तिहारको आगमनसँगै कपिलवस्तुमा पटाकाजन्य पदार्थ भित्रिनेक्रम बढेको छ । खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैधरुपमा पटाकाजन्य पदार्थ भित्र्याएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा यहाँका विभिन्न सीमानाकाहरुबाट तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटाकाहरु बरामद गरेको छ ।
अवैधरुपमा भित्रिएका पटाका विस्फोटबाट मानवीय तथा भौतिक क्षतिसमेत हुनेसक्नेतर्फ विशेष निगरानी बढाइएको छ ।


