Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लयमा पाकिस्तान, अष्ट्रेलियापछि न्युजिल्याण्डको पत्तासाफ

Loading

एजेन्सी । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको पाकिस्तानले अस्ट्रेलियापछि न्युजिल्यान्डविरुद्ध पनि प्रभावशाली जित निकालेको छ। एकपछि अर्को छलाङ मार्दै आएको पाकिस्तान पछिल्लो समय निकै बलियो देखिएको हो।  अन्तिम तथा तेस्रो टी–२० खेलमा न्यूजील्यान्डलाई ४७ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिज ‘क्लिन स्वीप’ गरेको हो।

केही दिनअघि मात्रै अष्ट्रेलियाविरुद्धको सिरिज क्लिन स्वीप गरेको पाकिस्तानका लागि यो अर्को ठूलो उपलब्धि हो। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको न्युजिलन्ड १६.५ ओभरमा ११९ रनमा समेटियो।

न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ६० रनको विस्फोटक ब्याटिङ गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन्। उनले ३८ बलको सामाना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, ग्लेन फिलिप्सले २६ रन बनाएपनि न्यूजिल्यान्डका लागि अन्य कुनै पनि ब्याट्सम्यान जम्न सकेनन्।  बलिङतर्फ पाकिस्तानका शादब खानले ३ विकेट लिए। त्यस्तै, इमाद वासिम र वाकस माक्सोदले समान २–२ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनको विशाल स्कोर बनायो। पाकिस्तानका लागि बाबर अजामले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए। त्यस्तै, मोहम्मद हफिजले अविजित ५३ रन बनाएका थिए।

यसअघिको पहिलो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई २ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed