Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा बामपन्थी नेता तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त !

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बामपन्थी नेता एवम अधिकारकर्मी पद्यरत्न तुलाधरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन । लाजिम्पाटस्थित तुलाधरको निवास पुगी नेता खनालले बिहान श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

नेता खनालले तुलाधरले नेपालको राजनीति र मानवअधिकारको पक्षमा पु¥याएको योगदान अतुलनिय रहेको प्रतिक्रिया दिए । उनको योगदान नेपाल र नेपालीको मन मष्तिष्कमा सदैव ताजा रहने उनले बताए ।

तुलाधरको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो। उनलाई मष्तिस्कघात भएको थियो ।

तुलाधरका दुई छोरा र दुर्ई छोरी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed