Breaking News.... EverestOnlineKhabar
December 13, 2025

कठिन परिस्थितिमा पनि साथ दिएको भन्दै नेपालसंग पाकिस्तान प्रसन्न

Loading

काठमाडौं।  नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलुकलाई साथ दिँदै आएको बताएका छन्।  काठमाडौंमा आयोजित ‘जम्मु–काश्मिर विवाद र मानव अधिकार उलंघनका घटनामा वृद्धि’  विषयक प्रवचन कार्यक्रममा बोल्दै राजदुत जावेदले नेपालले कठिन समयमा पनि आफ्नो मुलकुलाई साथ दिँदै आएको बताए।

त्यस अवसरमा उनले दुई मुलुकबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि सुदृढ रहेको विश्वास पनि व्यक्त गरे। राजदुत जावेदले नेपाल–पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको पनि स्मरण गराए। उनले जम्मु–काश्मिर समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने आफ्नो राष्ट्रको अडान रहेको पनि स्पष्ट पारे।

जम्मु–काश्मिरको स्वामित्वको विषयलाई लिएर पाकिस्तान र भारतबीच लडाई हुँदा हजारौंले ज्यान गुमाउनु परेको छ। सोही विषयलाई लिएर पाकिस्तान–भारतबीचको सम्बन्ध पनि तनावपूर्ण रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.