Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । बलिउडका ‘हिरो नम्बर वन’ गोविन्दाले  आफ्नो आत्मकथा लेख्ने भएका छन्। ‘रंगिला राजा’को प्रमोसनमा जुटिरहेका उनले भारतीय संचार माध्यम ‘नवभारत टाइम्स’लाई दिएको एक अन्तर्वार्तामा  छिट्टै आफ्नो आत्मकथा लेख्ने बताएका हुन्।

हालै भारतीय कलाकार करण जौहर, ऋषि कपुर र हेमा मालिनीको आत्मकथा सार्वजनिक भइसकेको छ। करण र ऋषिले आफ्नो किताबमा धेरै रहस्यको खुलासा गरेका छन्। गोविन्दाले पनि आउन लागेको आफ्नो आत्मकथामा आफ्ना फ्यानलाई कस्ता खुराक दिनेछन् त्यो भने हेर्न बाँकी छ।

आफ्नो आत्मकथाका बारेमा उनले व्यंग्य गर्दै भने, ‘मैले आफ्नो आत्मकथा पहिले नै लेखिसक्थेँ यदि मलाई कसैले पैसा दिएको भए।’ उनले तीन-चार वर्षपछि मात्रै आफ्नो आत्मकथा लेख्न सुरु गर्ने बताएका छन्। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed