Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रधानमन्त्री ओली शिक्षण अस्पतालको ‘आइसीयू’ मा, केही दिन अस्पतालमै रहने

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि भएका छन । उनलाई महाराजगंजस्थित शिक्षण अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।

अस्पतालका अनुसार अहिले कार्डिओलोजिस्ट डा. अरुण सायामीको नेतृत्वमा सानो टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed