![]()
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरुले शिक्षण अस्पताल महाराजगंज पुगी प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य थप बिग्रिएर अस्पताल लगिएको खबर पाए लगत्तै वरिष्ठ नेता खनाल बिहान करिब ८ बजे अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि बाहिरिदै नेता खनालले ओलीलाई श्वासप्रश्वामा समस्या देखिएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, भीम रावल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डित, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, गृहमन्त्री रामबहादुर थापा, आपूर्ति मन्त्री मात्रिका यादव, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा महासचिव विष्णु पौडेल, अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको छ ।


