![]()
एजेन्सी । चर्चित अभिनेत्री राखी सावन्तले अर्की नायिका तनुश्रीले आफूलाई रेप गरेको आरोप लगाएकी छिन । राखीले यो कुराको खुलासा प्रेस सम्मेलनमार्फत गरेकी हुन् ।
प्रेस सम्मेलनमा राखीले तनुश्री लेस्बियन भएको बताउँदै तनुश्रीले आफूलाई थुप्रै वर्ष रेप गरेको बताएकी थिइन् । राखीले तनुश्री मिस इन्डिया हुनुअघि आफ्नो बेस्ट फ्रेन्ड भएको बताउँदै थुप्रै पटक आफूसँग अश्लील हर्कत गरेको आरोपसमेत लगाएकी छिन् । साथै राखीले आफूसँग फिजिकल्ली हुन तनुश्रीले थुप्रैपल्ट कोसिस गरेको पनि पत्रकार सम्मेलनमा खुलासा गरिन् ।
आफूसँग यसको सम्पूर्ण सबुत भएको पनि राखीले पत्रकार सम्मेलनमा बताइन् । यतिबेला आफू यी सबुत देखाउन नसक्ने भन्दै यी सकै सबुत अदालतमा पेस गर्ने उनले भनिन ।
राखीको यो आरोपप्रति तनुश्रीले १० करोडसहित मानहानिको मुद्दा दर्ता गरेकी छिन् । यसको बदलमा राखीले तनुश्रीविरुद्ध ५० करोडको मानहानिको मुद्दा दायर गर्ने तयारी गरेको पनि पत्रकार सम्मेलनमा उजागर गरिन् ।


