Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो । तर ट्रम्पले आफू भारत नआउने जानकारी दिएको ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

अमेरिकी अधिकारीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई यसबारे सूचना दिएको बताइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प घरेलु कार्यक्रममा व्यस्त रहने भएको भन्दै भारत भ्रमणका लागि असमर्थ रहने जानकारी भारतीय अधिकारीलाई दिइएको जनाइएको छ ।

घरेलु कार्यक्रममा व्यस्ततालाई ट्रम्पले कारणका रुपमा देखाए पनि कुटनीतिक मामलाका विज्ञहरु पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्धमा देखिएको दुरीका कारण नै ट्रम्प भारत भ्रमणका लागि अनिच्छुक रहेको बताउँछन् । भारतले हालै रुससँग ‘एयर डिफेन्स सिस्टम एस–४००’ खरिद गर्ने सम्झौता गरेका कारण अमेरिकाले भारतसँग दुरी बनाएको हो ।

अमेरिकाले यसअघि नै भारतलाई रुससँग उक्त सम्झौता नगर्न सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed