Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेकपाको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित, तल्ला कमिटीको एकता प्रक्रिया पनि अन्योलमा

Loading

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार र मंगलबारका लागि लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्या आएको तथा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको कार्यदलले काम नकसेपछि स्थायी कमिटी बैठक सरेको हो । पार्टीको तल्लो कमिटी, विभाग, जनवर्गीय संगठनहरुबीच एकताको काम नटुंगिएका कारण पनि बैठक बस्न नसकेको बुझिएको छ ।

यसअघि सचिवालय बैठकले सचिवालय सदस्य थापा र महासचिव पौडेललाई पार्टी एकताको सम्पुर्ण बाँकी काम र नेकपा केन्द्रीय कमिटीको कार्यविभाजनको अन्तिम खाका बनाउन दुईवटा वटा शक्तिशाली कार्यदल गठन गरेर जिम्मा दिएको थियो ।

स्थायी कमिटीको बैठक गत २१ असारयता बस्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed