Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राजनीतिक समितिको सुझाव बिपरित राजपामा ‘अध्यक्ष मण्डल’ यथावत, नेताहरुलाई आफनै कार्यकर्ताको डर

Loading

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको  ‘अध्यक्ष मण्डल’ विघटन गरी अध्यक्षीय प्रणालीमा जाने भनिएपनि अध्यक्ष मण्डललाई नै निरन्तरता दिने भएको छ। राजपाले विधान संशोधन गरेरै महाधिवेशनपछि पनि अध्यक्ष मण्डल नै राख्ने भएको हो।

राजपाको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई विघटन गरी अध्यक्षीय प्रणालीमा जाने प्रस्ताव गरेको थियो। तर राजपाले हालै निर्वाचन आयोगमा बुझाएको विधानमा महाधिवेशन पछि पनि अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ। जसप्रति राजपा अध्यक्ष मण्डल बाहेका नेताहरु रुष्ट छन्।

पार्टीको महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राखी राख्ने निर्णयप्रति अधिकांश नेताहरु रुष्ट छन्। अध्यक्ष मण्डल विघटन गर्नु पर्ने बेला अध्यक्ष मण्डललाई नै निरन्तरता दिनु गलत भएको अधिकांश नेताहरु बताउँछन । संशोधित विधानमा अध्यक्ष मण्डललाई झनै शक्तिशाली बनाउन खोजिएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed