![]()
जनकपुर। प्रदेश नम्बर २ को नाम के राख्ने भन्ने टुंगो लगाउन प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन डा. हरिवंश झाको संयोकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो । समितिको सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् ।
आयोगलाई ४५ दिन भित्र प्रदेशको नामाकंन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा दिइएको छ । समितिले प्रतिवेदन दिएपछि प्रदेश सरकारले आवश्यक निर्णय लिने छ ।


