![]()
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते गरी बिक्री गरेको अभियोगमा ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
परासीको सरावल गाउँपालिका वडा नम्बर १ को २ विगाहा १५ कठ्ठा जग्गा कीर्ते गरी लुम्बिनी ग्यास उद्योग नवलपरासीलाई बिक्री गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थ, खरिदार जीवलाल भुषाल र कम्प्युटर अपरटेर एजाज खाँ छन् । उनीहरुसँग २ करोड ४६लाख ५२ हजार बिगो मागदाबी गरिएको छ ।
यसैगरी सार्वजनिक जग्गाको कीर्ते कागजात तयार गर्ने दीपक सुनार, बिचौलिया यादवप्रसाद भण्डारी, सार्वजनिक जग्गा प्रत्यक्ष खरिदमा संलग्न लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल र खरिद बिक्री गर्ने(गराउने कार्यमा प्रत्यक्ष संलग्न सुदन श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुलाई जनही २ करोड ४६लाख ५२ हजार बिगो मागदाबी गरिएको छ ।


