Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । काठमाडौंको एक गेष्टहाउसमा प्रेमिकाको हत्या गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका २२ वर्षीय अनिल परियार रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले परियारलाई कास्कीको पोखरा महानगरपालिका–७ बाट पक्राउ गरेको हो । पक्राउ परेका अनिलले गत  भदौ १३ गते काठमाडौंको बसुन्धारास्थित स्पिड गेष्टहाउसको १०१ नम्बर कोठामा प्रेमिका लक्ष्मी नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ ।

अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed