Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

जनकपुर।  प्रदेश नं. २  सरकारले अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटनल गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एपको पनि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो ‘सिएम एप’ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने बताए ।

हेल्लो सिएम एपमा आफुसँग भएका घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed