Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बिरामी भएपछि प्रधानमन्त्री ओली एक हप्ता बिश्राममा

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी ओली  मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । चिकित्सकले थप तीन दिन आराम गर्न सुझाएका छन् । प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा सुधार देखिएको छ।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित भएनन्। सञ्चो नभएर कार्यक्रममा उपस्थित नभएको भनिएपछि उनको स्वस्थ्यस्थितिबारे चासो बढेको हो।

चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिवायोटिक र रूघाखोकीको औषधी दिइएको छ। उपचारमा सलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधी सेवनसंगै निवासमै आराम गर्न सल्लाह दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed