![]()
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हरायो ।
१ सय ८३ रनको विजय लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाएर मात्र १ सय ४ रन बनाउन सक्यो । प्रतियोगितामा धनगढीले पहिलो जित दर्ता गरेको हो ।
सन्दीपको टिम विराटनगर टाइटन्स दोस्रो खेलमा पनि पराजित भएको छ ।
पहिले ब्याटिङ गरेको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ८२ रनको उच्च योगफल बनायो । पिटर ट्रेगोले ३८ बलमा ५२ रन बनाएको ईनिङमा सौरभ खनालले १३ बलमा ४१ र दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए ।
ट्रेगोले ३८ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा आउट भएका सौरभले २ चौका र ५ छक्का प्रहार गरे । सन्दीप सुनार ९, डानियल लरेन्स २, दिलीप नाथ ८, सन्दीप जोरा १२, मन्जित श्रेष्ठ १, रोविन क्षेत्री १० र योगेन्द्रसिंह कार्की ६ रन बनाएर आउट भए ।
विराटनगरबाट जितेन्द्र मुखियाले ४ विकेट लिए । कप्तान सन्दीप लामिछाने, सुनिल धमला, किशोर महतो र मोहम्मद जायदले १/१ विकेट लिए । १ सय ८३ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको विराटनगर एक सय ४ रनमा खुम्चियो । डन लरेन्सले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएपछि सन्दिप लामिछाने नेतृत्वको विराटनगर कम स्कोरमै रोकिएको हो ।


