![]()
एजेन्सी । युभेन्टसले उत्कृष्ट पुनरागमन गर्दै इम्पोलीमाथि २–१ को विजय हासिल गरेको छ । रेलिगेसन क्षेत्रबाट माथि उक्लन संघर्ष गरिरहेको इम्पोलीविरुद्धको जितसँगै इटालियन सिरी ‘ए’ विजेता युभेन्टसले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।
घरेलु टोली इम्पोलीले २८औं मिनेटमा अग्रता लिएको थियो । पाउलो डिबालालाई इस्माइल बेनाकरले फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पायो । जसलाई रोनाल्डोले कुनै गल्ति नगरी गोलमा परिणत गरे । ९ करोड ९० लाख पाउन्डमा यसै सिजन रियाल मड्रिडबाट इटाली आएका रोनाल्डोले २५ यार्डबाट गोल गर्दै युभेन्टसको जित पक्का गरे ।
दशमध्ये नौ खेलमा जित निकालेको युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई सात अंकले पछि छाडेको छ । तथापी इम्पोलीले एक खेल कम खेलेको छ । युभेन्टसले पछिल्लो सात सिजन सिरी ‘ए’ को उपाधि जितेको छ । युभेन्टसबाट रोनाल्डोले १२ खेलमा ७ गोल गरेका छन् ।


