Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए। पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ‘सबै यहुदीहरू मर्नुपर्छ’ भन्दै बन्दुकधारीले गोली चलाएका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ‘ठूलो हत्याकाण्ड’मा ‘थुप्रै मान्छे’ मारिएको प्रतिक्रिया दिएका छन्। सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको पहिचान गरिएको छ। घटनामा घाइते भएका ती हमलाकारीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

आक्रमणमा घाइते भइ उपचाररत दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सङ्घीय अनुसन्धानकर्ताहरूले गोलीकाण्डलाई घृणाका कारण भएको अपराधका रूपमा हेरिरहेका छन्।

द एन्टी डिफेमेशन लिग नामक एउटा गैरसरकारी यहुदी संस्थाले भनेको छ, “संयुक्त राज्य अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको यो सबैभन्दा हिंसात्मक हमला भएको हाम्रो विश्वास छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed