![]()
काठमाडौं। नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड विसर्जनवादी भएको आरोप लगाउँदै अब मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा कट्टेलले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने बताए । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई आधिकारिक रुपमा नाम दिएको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष कट्टेलले आफूहरु त्यसको बिरुद्धमा अदालत जानेपनि जानकारी दिए ।
उनले भने,‘नाम फरक देखाउनको लागि ओली–प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेलपनि हो । जनता यसप्रति सजग हुनुपर्छ । निर्वाचन आयोगलेसमेत गल्ती गरेको छ, उहाँहरुले सत्ता र शक्तिको भरमा बलजफ्ती गर्न थाल्नुभएको छ, हामीले अदालतमा पनि बलजफ्ती गरेको भेट्यौं भने त्यसपछि बलजफ्तीको विकल्प हामीपनि अपनाउँछौं, जसले जति बल गर्नसक्छ सक्छ।’
उनले दल दर्तासम्बन्धी ऐनलाई धज्जी उडाउँदै सरकारी शक्तिको आधारमा कम्युनिष्ट सरकारको नाममा हेप्न खोजे राम्रो नहुने चेतावनी दिए ।


