![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले भृकुटीमण्डमा आयोजना गरेको चियापान कार्यक्रममा सो पार्र्टीका शीर्ष नेताहरु निकै प्रफुुल्ल थिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरु एवम पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधव नेपालको अनुहारमा कार्यक्रम अवधिभर मुस्कान थियो ।
तीनै जना पूर्व प्रधानमन्त्री खनाल, दाहाल र नेपाल टाइसुटमा सजिएका थिए । एक लहरमा बस्दा यस्तो लाग्थ्यो उनीहरु सबै विवाहको जग्गेमा बसेका छन ।
अर्का नेता बामदेव गौतम पनि खुशी त देखिन्थे तर उनी कार्यक्रम नसकिदै बिचबाटै बाहिरिएका थिए । महासचिव बिष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा भने सामान्य कोट पाइन्टमा थिए । यस्तै, गोकर्ण बिष्ट र प्रदीप ज्ञवाली पनि कोट पाइन्टमा थिए । पूर्व सभामुख सुवास नेम्वाङ सदा झैं दौरा सुरुवालमा थिए । प्रदेश नम्बर ५ बाट आएका मुख्यमन्त्री शंकर पोखरेल पनि दौरा सुरुवालमा ठाँटिएका थिए ।


