Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् । यसअघि  सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्‍याउने बताएका ओलीले   यो पुरा नहुँदै नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार ।

काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले भने,  अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं ।’

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्ने उनले बताए । ‘संसार छिटोछिटो बगेको छ । यो तीन वर्षभित्र हामी पनि ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं । केही मान्छेलाई फेरि अनौठो लाग्नसक्छ । तर, दुनियाँ बदलिएको बदलिएकै छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले विद्युतीय सवारीलाई जोड दिइने बताए । सरकारले २०२० सम्म कम्तिमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको  बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed