![]()
एजेन्सी । सन्दीप लामिछानेलाई अस्ट्रेलियन बिग बास क्रिकेट लिगमा अनुबन्ध गरेको मेलबर्न स्टार्सका लिस्ट म्यानेजर ट्रेन्ट उडहिलले नेपाली लेग स्पिनर प्रतियोगितामा स्टार बन्ने आशा व्यक्त गरेका छन् । मलेसियामा सम्पन्न एसियन यु—१९ च्याम्पियनसिपमा पहिलो पटक सन्दीपको खेल हेर्न पाएको बताउँदै उनले भने, “उनको बलिङ क्षमता र आक्रामकताले प्रभावित बनाएको थियो ।
आईपीएलमा दिल्लीबाट डेब्यु गरेका सन्दीपले सिपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वास छ, उनले बिबिएलमा पनि राम्रो प्रदर्शन गरेर प्रतियोगितामा स्टार बन्नेछन् ।”
सन्दीपलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि टिममा अनुबन्ध गरेको हो । १८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् ।


