![]()
काठमाडौं । साझा यातायातले मंगलबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक साझा यातयातले चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बसको उद्घाटन गरे। बस सञ्चालनमा ललितपुर महानगरपालिकाको पनि सहकार्य रहेको साझा यातायात सञ्चालक समिति सदस्य भुषण तुलधारले बताए। बस सेवा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०३० भित्र इन्धनवाला सवारी विस्थापित गरी विद्युतीय सवारीसाधन सञ्चालन गरेर वातावरणमैत्री मुलुक निर्माण गर्ने बताए। इन्धनमा परनिर्भर हुनुपर्ने नेपालजस्तो मुलुकमा विद्युतीय गाडी आवश्यक रहेको ओलीले बताए।
साझाले पहिलो चरणमा पाँचवटा बस सञ्चालनमा ल्याउने तयारी थालेको साझा यातयात सञ्चालक समिति सदस्य तुलधारले बताए। दुईवटा बस सोमबारदेखि संचालनमा आएका छन् भने बाँकी तीनवटा ल्याउने क्रममा रहेको उनले जानकारी दिए।


