![]()
काठमाडौं । थाइल्याण्डमा सुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुगेको छ । २५ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
बुधबार बेलुका सवा ६ बजे थाइल्याण्डसँग खेल्दै यात्रा सुरु गर्ने नेपालले दोस्रो खेल शुक्रबार भारत र समूहको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । नेपालले केही साताअघि यु–१८ साफ च्याम्पीनसिपमा दुवै टोलीलाई पराजित गरेको थियो । ६ समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक राष्ट्र र बाँकी दुई उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा हुनेछ ।
दोस्रो चरणको खेलबाट शिर्ष ४ रहने राष्ट्रले थाइल्याण्डमा नै हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।


