Breaking News.... EverestOnlineKhabar
May 1, 2026

क्रिष्टल प्यालेसलाई हराउँदै एभर्टन प्रिमियर लिगको आठौं स्थानमा

Loading

बीबीसी । इङ्गलिस प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिष्टल प्यालेसलाई २–० ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन कालभर्ट लेविन र सेन्क टोसुनले एक एक गोल गरे ।

जितसँगै एभर्टन प्रिमियर लिगको अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । ९ खेलबाट उसको १५ अंक भएको छ । समान खेलबाट २३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानको चेल्सी र चौथो स्थानको टोटनह्याम हट्सपरको २१–२१ अंक छ । एक खेल कम खेलेको आर्सनल १८ अंकको साथ पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed