Breaking News.... EverestOnlineKhabar
May 1, 2026

वेष्टइण्डिजबिरुद्धको पहिलो एकदिवसिय क्रिकेटमा भारत बिजयी, कोहली र रोहितको शतक

Loading

एजेन्सी ।  कप्तान बिराट कोहली र रोहित शर्माले शतक बनाएपछि भारतले  वेस्ट इन्डिजबिरूद्धको पहिलो एकदिवसीय खेल आठ विकेटले जितेको छ । भारतको गुहाहिटीस्थित बर्सापरा क्रीकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा  ८ विकेट गुमाएर ३ सय २२ रनको योगफल बनाएको थियो । जुन घरेलु टोली भरतले ४२दशमलव  १ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

भ्रमणकारी टोलीका लागि सिमरोन हेटमेएरले ७८ बलमा ६ चौका र ६ छक्का हान्दै १ सय ६ रन बनाए । ओपनर किरण पावेलले ५१ रन बनाउदा कप्तान जसोन होल्डरले ३५ तथा शाइ होपले ३२ रन बनाए । रोभमान पावेलले २२ रन बनाउदा केमर रोच २६ तथा देभेन्द्र बिशु २२ रनमा अविजित रहे । भारतका युजभेन्द्र चाहलले ३ विकेट लिदा मोहम्मद शामी र रबिन्द्र जडेजाको नाममा २–२ विकेट रह्यो ।

घरेलु टोलीले शुरूमै ओपनर शिखर धवनलाई गुमाए पनि अर्का ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गर्दै भरतलाई जित दिलाए । रोहितले १ सय १७ बलमा १५ चौका र ८ छ्क्का हान्दै अविजित १ सय ५२ रन बनाए । कोहलीले १ सय ७ बलमा २१ चौका र २ छक्का हान्दै १ सय ४० रन जोडे । अम्बति रायडु २२ रनमा अविजित रहे ।

जितसँगै भरतले ५ एकदिवसीय श्रीङ्खलामा १–० को अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed