Breaking News.... EverestOnlineKhabar
May 2, 2026

अमृतसर: भिडमा रेल जोतिँदा थुप्रैको मृत्यु

Loading

बीबीसी । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि६० जनाभन्दा बढीको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिक नजिकै मानिसहरू भेला भएका थिए।

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। स्थानीय पत्रकारका अनुसार घटना शुक्रवार साँझ करिब साढे ६ बजे भएको थियो।

घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed